२८ कार्तिक २०८१, बुधबार

उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु


heli

३० फागुन, हुम्ला । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार गरिएको छ ।

कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।

हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हातमात्र वाहिर निस्किए पनि उहाँले शिशु जन्माउन सकिएन । आज बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पु¥याएका थिए । तर ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहराले बताउनुभयो ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !