३१ भाद्र २०८१, सोमबार

दुर्घटनामा दुईको मृत्यु


मृत्यु

२९ फागुन, लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ६५ वर्षीय मो. मजलुम मियाँ र ४५ वर्षीय रामे पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मोटरसाइकलाई ठक्कर दिएलगत्तै पुलमै बस पल्टिँदा बसमा सवार सात यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि लहानस्थित अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

आगलागीमा रु १५ लाख मूल्य बराबरको क्षति

बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

आगलागीबाट चौधरीले छोरीको बिहेका लागि ल्याएका रु आठ लाख बराबरको सरसामान, रु दुई लाख नगद र रु डेढ लाखको सुनचाँदी जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घरबाट आगो सल्केर चौधरीसहित छिमेकी दुखी चौधरी, बालकृष्ण चौधरीको एक÷एक घर र खाद्यान्न गरी करीब रु १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र लहान नगरपालिकाको दमकलले दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !