३१ भाद्र २०८१, सोमबार

ट्रयाक्टर दुर्घटना हुँदा २ को मृत्यु


निधन

२८ फागुन, सल्यान । यहाँ ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शारदा नगरपालिका –२ श्रीनगरबाट लानीत बजार जाँदै गरेको रा १ त ११५१ नंको ट्रयाक्टर सोमबार राति दुर्घटनामा पर्दा चालक शारदा – १२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र – १ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकामा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !