३१ भाद्र २०८१, सोमबार

दुर्घटनामा एकको मृत्यु


मृत्यु

२८ फागुन, बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।

देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पु¥याएको केही समयमा नै मृत्यु भएको हो । बा६३प ५६३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा चढेका १५ वर्षका विशेष थापामगर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अवैध काठ बरामद

जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ ।

विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमबार प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार काठसहित केही व्यक्तिलाई समेत पक्राउ गरिएकाले संलग्नको पहिचानपश्चात् जिल्ला अदालतमा मुद्दा चलाइने तयारी छ । “सामुदायिक वनमा कटान भएको काठ बोकेर बिक्री गर्न लैजाँदै गरेको बा३क २०८६ नंको मिनीट्रक र त्यसका चालक सुमन राई तथा बा४ख ९९१ नंको मिनीट्रक र त्यसका चालक सन्तोष राईसहित पाँच माथि अनुसन्धान थालिएको छ”, यादवले भन्नुभयो, “कटान गरेको काठको रुख सङ्ख्यालगायतका कैफियत स्थलगत अवलोकनपश्चात् तयार हुने प्रतिवेदनअनुसार कारवाही अघि बढाइने छ ।”

जिल्ला वन कार्यालयले विसं २०७२ देखि जिल्लाको निजीलगायत सबै वन क्षेत्रमा उत्पादन भएका सल्लाको काठको व्यावसायिक कारोवारमा प्रतिबन्ध लगाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !