३१ भाद्र २०८१, सोमबार

ठगी गर्ने पक्राउ


पक्राउ

२२ फागुन, मेलम्ची । रु १० लाख ठगी गरी फरार रहेका तीन जनालाई प्रहरीले आज काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको छ ।

गत पुस १७ गते बलेफी गाउँपालिका–५ अरनिको राजमार्गबाट रु दश लाख ठगी गरी फरार रहेका बाह्रबिसे नगरपालिका–५ गातीका प्रेमबहादुर तामाङ, सिङ्गबहादुर तामाङ र साजन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

महायज्ञमा रु ४८ लाख उठ्यो

शिव–पार्वती–गणेश मन्दिर निर्माणका लागि मेलम्ची नगरपालिका–११ स्थित श्रीमद्भागवत ज्ञान महायज्ञबाट हालसम्म रु ४७ लाख ५० हजार सङ्कलन भएको छ । महायज्ञ आयोजक समितिका सचिव पूर्ण बानियाँका अनुसार महायज्ञमा रु एक लाखभन्दा बढी दान गर्नेलाई प्रमुख संरक्षक बनाइएको छ । एघार व्यक्ति तथा एउटा संस्थाले रु एक लाखभन्दा बढी रकम प्रदान गरेका छन् ।

अमेरिकामा बस्दै आउनुभएका रामकृष्ण श्रेष्ठले रु चार लाख २५ हजार दान गर्नुभएको छ । आयोजक समितिका अध्यक्ष भीमनारायण श्रेष्ठले रु तीन लाख ३३ हजार तथा प्रेमनारायण लामिछानेले रु दुई लाख ५० हजार दान गर्नुभएको छ ।

रु एक लाखभन्दा बढी दान गर्नेमा दिनेश बस्नेत, रामकृष्ण चालिसे, निर्मला श्रेष्ठ, सुवास बानियाँ, शेरबहादुर श्रेष्ठ, भीमप्रसाद दुलाल, जगन्नाथ शाह र पुष्करप्रसाद धिताल हुनुहुन्छ । सिन्धुपाल्चोक वाणिज्य सङ्घले रु एक लाख रकम दान गरेको छ । इन्द्रेश्वरी माविले उपलब्ध गराएको जग्गामा छिट्टै मन्दिर निर्माण गरिने आयोजक समितिका कोषाध्यक्ष रामकृष्ण चालिसेले जानकारी दिनुभयो । महयज्ञको प्रमुख वाचकमा पण्डित रामचन्द्र आचार्य र देवेन्द्र नेपाल रहनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !