१५ आश्विन २०८१, मंगलबार

रासपा, नेपालका संयोज पुलामीद्वारा शोक प्रकट


रुन्द्रजङ् पुलामी

१५ फागुन, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक नेता रुद्रजङ्ग पुलामीले ताप्लेजुङको फुलिङ नगरपालिका-१० स्थित दारेढुङ्गा जङ्गलमा आज हेलिकप्टर दुरघटनामा परी नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ ।

संयोजक पुलामीले आज शोक वक्तव्य जारी गर्दै हेलिकप्टरमा सवार मन्त्री अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको आत्माको चीर शान्ती एवम परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ती प्राप्त होस भनि उनलेले समवेदना सन्देशमा उल्लेख गरेको छ ।

यसप्रकारको घटना नदोहोरिनका निम्ती आवाश्यक पहल तथा दुरघटनाको कारण यथाशिघ्र पत्ता लगाई सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !