४ आश्विन २०८१, शुक्रबार

पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना


Capture

१५ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएको छ । सो हेलिकप्टर दुर्घटना भएको खबर पाएपछि काठमाडौँबाट सो एयरलायन्स कम्पनीको अर्काे हेलिकोप्टर उद्धारका लागि प्रस्थान गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी घटनास्थलतर्फ जानुभएको छ । सम्पर्कविहीन सो हेलिकोप्टर दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

मन्त्री अधिकारी र चालकसहित छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !