३ असार २०८१, आइतबार

आगलागीबाट बालकको मृत्यु, दुई घर जलेर नष्ट


आगलागी

५ फागुन, म्याङलुङ । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आज दिउँसो घरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।

स्थानीयवासी रुद्र खातीको घरमा आगलागी हुँदा खातीको ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताउनुभयो । घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !