१३ आश्विन २०८१, आइतबार

दुर्घटनामा १४ घाइते


मृत्यु

२६ माघ, धादिङ । धादिङबेसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुवाहक बस आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

अत्यधिक गतिमा गुडेको बस नीलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा ३५ यात्रु सवार थिए । घाइते तीनलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ ।

घाइते अन्य ११ को जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक ३५ वर्षीय शिव सिलवाललाई प्रहरीले निगरानीमा राखेर ट्रमा सेन्टरमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !