१५ आश्विन २०८१, मंगलबार

मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु


मृत फेला

२४ माघ, बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–२ मा बुधबार साँझ मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना२ख ९७५२ नंको मिनीट्रकको ठक्करबाट सोही स्थानका ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको मिनीट्रक नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो । दुर्घटनापछि गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई परीक्षणका लागि त्रिशूली जिल्ला अस्पतालमा लगिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !