१६ आश्विन २०८१, बुधबार

चट्याङबाट दुईको मृत्यु


चट्याङ

८ माघ, परशुराम । डडेल्धुराका फरक/फरक स्थानमा चट्याङ लागेर आज दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् ।

देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासि चट्याङ लागेर रोशनी गम्भीर घाइते भएकी थिइन् । थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।

यसैबीच आलिताल गाउँपालिका–५ भित्रीसैनमा पनि चट्याङ लागेर चारजना घाइते भएका छन् । चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !