११ आश्विन २०८१, शुक्रबार

आगलागीबाट रु ४० लाखको क्षति


आगलागी

२५ पुस, मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ ।

स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिनुभयो ।

घरमा कोही नभएको समयमा आगलागी भएको हो । घरमा किराना पसलसमेत राखिएको थियो । आगलागी हुनासाथ स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएको भट्टराईले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !