५ जेष्ठ २०८१, शनिबार

आगलागी हुँदा छ लाख बराबरको क्षति


आगलागी

२२ पुस, लमही । दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार घरमा पालिएका २०० कुखुरा जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका हुन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !