५ जेष्ठ २०८१, शनिबार

आगलागीबाट साढे चार लाखको क्षति


aago-lagi

९ पुस, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा रु चार लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ । घरमुली कुमारको मानसिक सन्तुलन ठीक नभएकाले आफैँले आगो लगाएको आशङ्कामा प्रहरीले अनुसन्धानको लागि कुमारलाई नियन्त्रणमा लिएको छ । आगो स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष किरण राइले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !