१२ मंसिर २०८१, बुधबार

जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत


Nepalpatra

२८ मङ्सिर, बेझाड । बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा चालक वर्ष २० का वीरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवतबहादुर जिसी र ४१ बर्षकी तीन दिनकी सुत्केरी भूमिकुमारी दर्लामी रहेका छन् । मृतक सबै माथागढी–८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल जनाएको छ ।

रातिको समयमा साँघुरो र अप्ठ्यारो बाटो हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने पूर्वखोला–२ का वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । जिप करीब ५०० मिटर तल खोचमा खसेको थियो । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !