१३ आश्विन २०८१, आइतबार

बस दुर्घटनामा तीन जनाको मृत्यु


durghatana

७ मङ्सिर, लहान । सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा आज तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

को१ख २७९९ नं को बस सडक छेउको पोखरीमा खसेको हो । मृतकको सनाखत हुन नसकेको सप्तरीका प्रहरी नायब उपरीक्षक भवेश रिमालले जानकारी दिनुभयो । बसमा सवार अन्य यात्रु घाइते भएका छन् । तीर्थयात्री सुनसरीको चतरास्थित बराहक्षेत्रको मेला भरेर घर फर्किंदै थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !