१७ आश्विन २०८१, बिहीबार

फरार चालक पक्राउ


पक्राउ

२६ कात्तिक, भक्तपुर । यही कात्तिक २२ गते अपराह्न ४ बजे एक पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेको एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चार दिनको अनुसन्धानपछि आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठक्कर दिने बा१४च १९५९ नं गाडी र सोही गाडीका चालक दोलखा कालिञ्चोक गापा वडा नं ४ बस्ने २० वर्षीय सुरोज थापालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उक्त सवारी साधनले २२ गते मध्यपुरथिमि नपा–१ लोकन्थलीमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदा रामेछाप खाँडादेवी गापा–७ डाँडाखर्क घर भई हाल काठमाडौँ दक्षिणकाली नपा– १ बस्ने ५९ वर्षीय सोमबहादुर तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

ठक्कर दिइ फरार रहेको सवारीसाधन र चालकको नम्बरसमेत पहिचान हुन नसकेको अवस्थामा प्रहरीले गरेको अनुसन्धानका आधारमा चार दिनमा ठक्कर दिने सवारीसाधन र चालकलाई मध्यपुरथिमि– ४ चारदोबाटोबाट पक्राउ गरेको पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका चालकलाई सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !