२ असार २०८१, शनिबार

एक लाखसहित सात जुवाडे पक्राउ


पक्राउ

२६ कात्तिक, बेझाड, पाल्पा । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले रामपुर नगरपालिका–६ विजयपुरमा गए राति रु एक लाख २५ हजारसहित सात जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीयवासी पदमबहादुर मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुरको टोलीले मल्लसहित नेत्रप्रसाद भट्टराई, खेमराज भण्डारी, देव सेन, दुर्गाबहादुर घर्ती, हेमराज थापा र भेषबहादुर शाहलाई प्रक्राउ गरेको हो ।

चितवनमा ७८ जुवाडेलाई कारवाही

जिल्ला प्रहरी कार्यालयले जुवातास नियन्त्रण अभियानअन्तर्गत तिहारमा ७८ जुवाडेलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गरेको छ । प्रहरीले यस क्रममा रु ११ लाख २७ हजार बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार कात्तिक १२ गतेदेखि २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनीबाट कौडा र तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । कात्तिक १२ गतेबाट २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनी क्षेत्रबाट कौडा र तास खेल्दै गरेका जुवाडे पक्राउ परेका हुन् । पक्राउ परेका उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार कारवाही गरिनेछ ।

सुर्खेतमा ७७ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालयले दशैँ र तिहारको अवधिमा ७७ जुवाडेलाई पक्राउ गरेको छ । यस क्रममा रु १० लाख ५१ हजार समेत बराबद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सत्तरी जुवाडे पक्राउ

प्रहरीले तिहारको समयमा जुवा खेल्ने ७० जुवाडेलाई पक्राउ गरेको छ । रुपन्देहीको बुटवल, भैरहवा, मणिग्राम, ड्राइभरटोल, खैरेनी लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गर्नुका साथै रु १७ लाख ७० हजार बरामद गरेको छ ।

रु ५० हजारभन्दा बढीको जुवा खेल्ने जुवाडेमाथि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीबहादुर मल्लले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !