१९ असार २०८१, बुधबार

दुर्घटनामा एकको मृत्यु, ३१ घाइते


durghatana

२४ कात्तिक, धादिङ । पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका–३ मालिङ्गामा आज दिउँसो दुई वटा सवारी साधन एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५२८१ नं को यात्रुबाहक बस र काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा१प ९७७ नंको पर्यटक बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा चितवन जिल्ला पिप्ले निवासी ४० वर्षीय ईश्वर भण्डारी रहेका छन् । उनी ना७ख ५२८१ नंको बस चालक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकामा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !