१९ असार २०८१, बुधबार

सिसिलीको बाढीमा १० जनाको मृत्यु


निधन

१८ कात्तिक, रोम । इटालीको दक्षिणी द्वीपीय क्षेत्र सिसिलीको पालेर्मोमा बाढीका कारण एकै परिवारका नौ जना सहित १० जनाको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् ।

सिसिलीको कास्टेलडासियामा एउटा नदी घरभित्र पस्दा घरभित्र रहेका एक, तीन र १५ वर्षका बालबालिका सहित एकै परिवारका नौ जनाको मृत्यु भएको थियो । एजी समाचार समितिका अनुसार उक्त परिवारका तीन जना भाग्न सफल भएका छन् ।

यही हप्ताको शुरुमा सिसिलीमा धेरैवटा सडक अबरुद्ध भएका छन् र नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न आदेश दिएका छन् ।

इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि भयाङ्कर आँधी सहित वर्षा भएको थियो जसका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै पूर्वाधारमा व्यापक नोक्सानी भएको थियो ।

डोलोमाइट्स पहाड र भेनेटो क्षेत्रका रुखहरु ढलेर थिए । “यो भूकम्प गएजस्तै विनाशकारी थियो,” भेनेटोका गभर्नर लुका जाइले बताउनुभयो । “हजारौं हेक्टर जमिनका रुखहरु सोत्तर भएका छन् ।”

इटालीको नागरिक सुरक्षा निकायले विगत ५० देखि ६० वर्षको अविधिमा यति ठूलो जनधनको क्षति कहिल्यै नभएको बताएको छ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !