४ असार २०८१, सोमबार

मलामी सवार ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु


durghatana

१८ कात्तिक, भीमदत्तनगर । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा का अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालममै उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !