४ असार २०८१, सोमबार

एक पुरुषको शव भेटियो


निधन

१८ कात्तिक, भक्तपुर । मध्यपुर थिमि नगरपालिका–४ राधेराधेस्थित हनुमन्ते खोलामा एक पुरुषको शव भेटिएको छ । पहिचान हुुन नसकेको मङ्गोलियन अनुहारको अन्दाजी ३२ वर्षीय पुरुषको शव खोलामा भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ ।

केही दिनअगाडि नै ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी सोही नगरपालिका–७ नगदेशमा रहेको पाटीमा अचेत अवस्थामा रहेकी एक बेवारिसे महिलाको मृत्यु भएको छ । पाटीमा अचेत अवस्थामा रहेकी पहिचान हुन नसकेकी करीब ६५ वर्षीया महिलालाई प्रहरीले उपचारका लागि भक्तपुर अस्पताल पठाएकामा उक्र अस्पतालले वीर अस्पतालमा लैजान सिफारिस गरेको र उपचारकै क्रममा उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !