११ मंसिर २०८१, मंगलबार

सालकको छालासहित दुई पक्राउ


पक्राउ

२६ असोज, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले काठमाडाँै बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छालासहित आज दुई जनालाई पक्राउ गरेको छ ।

बिक्री गर्न हिँडेको अवस्थामा एक केजी १० ग्राम छालासहित रामेछाप दोरम्बा गाउँपालिका–२ का देवराज श्रेष्ठ र दोलखा सैलुङ गाउँपालिका–१ का ज्ञानबहादुर श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ गरिएका दुवैलाई कारवाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तीसार काठमाडाँैमा बुझाइएको छ । सालक लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत जनावर हो ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१), सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २१ (१) ‘क’ बमोजिम कारवाही चलाइने ब्यूरोले जनाएको छ ।

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरीद बिक्री गर्ने वा ओसारपोसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि दश लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !