५ जेष्ठ २०८१, शनिबार

लागुऔषधसहित तीन जना पक्राउ


पक्राउ

५ असोज, नवलपरासी । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी सनइबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–६ पडरीबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १६ का २२ वर्षीय अभिनाश भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँका १८ वर्षीय जमाल देवान र २६ वर्षीय सहरत अली रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट फेनेरागन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल, टेलजेसिक ४७ एम्पुल बरामद गरिएको छ । पक्राउ परेकालाई लागुऔषध कारोबार अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा पाँच पक्राउ

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वी नवलपरासीबाट आज पाँच जना युवालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–१ का २२ वर्षीय सुरज काउचा मगर, ३४ वर्षीय सन्तोषबहादुर थापा, १९ वर्षीय सागर थापा, १९ वर्षीय मनोज जंग कट्टेल र २२ वर्षीय दीपेन रोक्का रहेका छन ।

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित बाग्लुङ कालिका क्रसर उद्योग भित्र आपसी विवाद हुँदा आज विनयी त्रिवेणी गाउँपालिका–२ का अन्दाजी २५ वर्षीय रुपेश महतोको मृत्यु भएको थियो । सुरज काउचा मगर र मृतक महतोबीच भएको विवादका कारण महतोको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि यसबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !