५ आश्विन २०८१, शनिबार

पोखरीमा डुबेर बालकको मृत्यु


River_SWimming Bepatta

१२ भदौ, राजविराज। सप्तरी रुपनी गाउँपालिका–१ रायपुरस्थित मामाघर आएका एक बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ ।

मृत्युहुनेमा सर्लाही बहुर्वा गाउँपालिका–२ डुमरिया टोलका इन्दल यादवको सात वर्षीय छोरा विक्रम यादव रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

रक्षाबन्धन पर्व मनाउन मामा घर आएका विक्रम शौच गरेर हात धुन गएको बेला चिप्लेर पोखरीमा डुबेको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !