२२ भाद्र २०८१, शनिबार

बसले ठक्कर दिँदा चाकलको मृत्यु


durghatana

३ भदौ, गौशाला । बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास सिन्धुली सडकखण्डमा बसले ठक्कँर दिँदा आज एक मोटरसाइकल चाकलको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका– ३ बस्ने ३५ वर्षीय नेत्रबहादुर स्माइली मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सिन्धुलीबाट मोटरसाइकलमा दुईजना सवार भई बर्दिवासतर्फ आउदै गर्दा बर्दिवासबाट सिन्धुलीततर्फ जाँदै गरेको ना ३ ख ९९९९ नं को बसले कालापानीमा मोटरसाइकललाई ठक्कँर दिँदा चालक स्माइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

मोटरसाइकल पछाडि बसेका सिन्धुली कमलामाई नगरपालिका– ११ का इन्द्र आले मगर गम्भीर घाइते भएका छन् । उनको बर्दिबास जनसेवा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !