३ असार २०८१, आइतबार

बीस वर्षअघि ज्यान मारेर फरार पाण्डेय पक्राउ


पक्राउ

२७ असार, कञ्चनपुर । बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिलाको ज्यान मारी पाण्डेय विसं २०५६ असार ५ गतेदेखि फरार रहेका थिए । हाल घरमा आई लुकिछिपी बसेको अवस्थामा नगरपालिका–७ सुडा झजपुरबाट पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीÔक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

पक्राउ परेका पाण्डेयलाई हिरासतमा राखी कर्तब्य ज्यान अपराध शीर्षकमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !