९ मंसिर २०८१, आइतबार

पौडी खेल्ने क्रममा नारायणीमा डुबेर एक युवतीको मृत्यु


durghatana

१७ असार, चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

काठमाडौं बुढानीलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६:४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !