२७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा शुक्रबार साँझ एकै परिवारका तीन जना मृतक अवस्थामा भेटिएको घटना प्रकरणमा आफ्नै श्रीमानले श्रीमती र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । स्रोतका अनुसार घरमा रहेको दाउ जस्तो धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको छ ।