७ बैशाख २०८१, शुक्रबार

रक्सी छोड्ने सफल उपचार (Successful Cure of Alcoholism)


रक्सी

रक्सी छोड्ने सफल उपचार (Successful Cure for Alcoholism) ! नेपालीहरूको सवैभन्दा खराब लत भनेको रक्सी, चुरोट, ट्याब, इन्जेक्सन आदि कुलत हुन । यस्तो कुलतलाई समयमा उपचार गरेमा सजिलैसँग निको हुन्छ भन्ने कुराको ज्ञान कमै व्यक्तिमा छ । त्यसैले आज मैले रक्सी (Alcoholism) का बारेमा जानकारी दिने प्रयास गरेको छु ।

लागु पदार्थको रूपमा चिनिने रक्सी, वियर, ह्वीस्की, छ्यांग, तुम्बा, जाँड लगायतका भिन्न-भिन्न प्रकारका रक्सीजन्य पदार्थलाई सम्बोधन गरिन्छ । नेपाली समाजमा रक्सीलाई परम्परा र संस्कृतिसँग पनि जोडेर हेर्ने गरिन्छ । विभिन्न जातजातिका लागि यो सर्वस्वीकार्य पेय पदार्थ पनि हो ।

यसलाई केही जात जातिले आफ्नो संस्कार र संस्कृतिसँग जोडेकाले यो पेय पदार्थ जताततै पाउनु स्वभाविक पनि हो । कतिपय अवस्थामा भने रक्सीजन्य पदार्थको सेवनले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने कुरामा हामीले ध्यान दिएका हुँदैनौँ । यसको प्रयोगमा पनि हामीले निश्चित मापदण्ड तयार गरेका छैनौँ ।

नेपालीहरूको सवैभन्दा खराब लत भनेको रक्सी, चुरोट, ट्याब, इन्जेक्सन आदि कुलत हुन । यस्तो कुलतलाई समयमा उपचार गरेमा सजिलैसँग निको हुन्छ भन्ने कुराको ज्ञान कमै व्यक्तिमा छ ।

कुनै पनि पदार्थको सेवन लिमिट भन्दा बढी खान्छौ भने भात अन्नले पनि असर गर्न सक्छ । गाउँघरमा बनाइने रक्सीमा अल्कोहलको मात्रा मापन गर्ने यन्त्र को अभावमा मानिसलाई धेरै नोक्सान गरेको हुन्छ । रक्सी आफैँमा समस्या होइन् । तर कहिलेकाँही र थोरै मात्रामा पिउने गरेमा लामो समयसम्म पनि यसले नकरात्मक असर नगर्न सक्छ । सकभर त हामीले रक्सी सेवन नगर्नु नै उत्तम हुन्छ ।

अत्यधिक रक्सीको सेवन गर्नेहरूमा रक्सीको सेवन नगर्दा एक प्रकारको लत लाग्ने, छारे रोग, बेहोसीको समस्या हुने, निन्द्रा नपर्ने, डर लाग्ने, हातहरु काप्ने, तलतल लाग्ने, बिर्सने समस्या, आत्मविश्वासमा कमी आउने लगायतका समस्या देखिन थाल्दछ । यी बाहेक Blood Pressure बढ्ने, हात खुट्टा झमझम गर्ने, Depression, Aggression, Sucidal Attempt, Neurological Problem हुन सक्छन् ।

अल्कोहलको नसा छुटाउन प्रयोग गर्ने औषधि जडिबुटीबाट बनेका हुन्छन् यस्ता औषधि सेवन गर्दा मानवीय स्वास्थ्यमा खासै फरक नपर्ने भएतापनि यस्ता औषधि सेवन गराउदा चिकित्सकीय परामर्श लिनु राम्रो भनेको छ । अहिले एलोपैथिकले पनि औषधि बजारमा ल्याएको छ । यस्ता औषधि सेवन गर्दा फेस रातो हुने जस्ता लक्षण देखाउने गरेको हुन्छ ।

अत्यधिक रक्सीको सेवन गर्नेहरूमा रक्सीको सेवन नगर्दा एक प्रकारको लत लाग्ने, छारे रोग, बेहोसीको समस्या हुने, निन्द्रा नपर्ने, डर लाग्ने, हातहरु काप्ने, तलतल लाग्ने, बिर्सने समस्या, आत्मविश्वासमा कमी आउने लगायतका समस्या देखिन थाल्दछ । यी बाहेक Blood Pressure बढ्ने, हात खुट्टा झमझम गर्ने, Depression, Aggression, Sucidal Attempt, Neurological Problem हुन सक्छन् ।

रक्सी छोडाउन प्रयोग हुने औषधिहरू

१. डायजोन(Dizone ) २५० मि.ग्रामको औषधि दैनिक १ एउटा गोली खान दिए पुग्छ तर यो नछोड्दासम्म नियमित सेवन गराउनुपर्छ ।

२. डिफ्यूजन-एल यो औषधि नेपालमा प्रतिबन्ध छ । दर्ता नभएपनि केहिले बेच्ने गरेको पाइन्छ । यस्ता औषधिलाई सरकारले मान्यता दिनुपर्छ । यो औषधि १/४ भाग औषधि दालमा मिसायर सेवन गराउदा रक्सी छोड्ने गरेका थुप्रै व्यक्ति हामीले देखेका छौं ।

नोट : सुधार केन्द्रमा राख्दा धेरै पैसा खर्च हुने गरेको जनगुनासाहरू हामीले सुन्ने गरेका छौं यस्तो काममा यस्ता औषधिले राम्रो भुमिका खेलेको हामीले देखेका छौं । औषधि सेवन गर्नुपुर्ब डाक्टरको परामर्श लिएर उपचार गराउन सक्नु हुन्छ ।

यो पनि पढनुहोस्

अम्लपित्तको सफल उपचार (Successful Treatment of Acidity)

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !