८ बैशाख २०८१, शनिबार

त्रिभुवन विमानस्थलमा कडाइ, स्वागत र बिदाइमा आफन्त नल्याउन आग्रह


विमानस्थल

काठमाडौं । नेपाल नागरिक उड्डयन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउनआग्रह गरेको हो ।

नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोना भाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ ।

त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामानबाहेक भिजिट पास उपलब्ध नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !