७ बैशाख २०८१, शुक्रबार

आज भ्यालेन्टाइन डे, विश्वभर प्रेम साटासाट गरी मनाइँदै


भ्यालेन्टाइन डे

काठमाडौँ । आज फेव्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ । आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको फूल तथा विभिन्न उपहार आदान-प्रदान गरी दिवस मनाउने गरिन्छ ।

युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भालेन्टाइन डे मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । यो दिवस सन् २६९ देखि मनाउन थालिएको हो ।

रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक सेवामा अवरोध र शान्ति सुरक्षामा असर परेको भन्दै जनतालाई प्रेम, यौन र विवाहमा रोक लगाएका थिए । शासकको आदेश उल्लंघन गरी पादरी भ्यालेन्टाइने धमाधम विवाह गराइदिएपछि उनलाई मृत्युदण्डको घोषणा भएको थियो ।

सन् २६९ फेब्रुअरी १४ का दिन दिइएको मृत्युदण्डअघि पादरी भ्यालेन्टाइनले अन्तिम इच्छाको रुपमा आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखेका थिए । त्यही दिनको सम्झनामा र उनीहरुको अमर प्रेमको सम्झनामा उनैको नामबाट मनाउन थालिएको प्रणय दिवस विश्वभर चर्चित बनेको हो ।

यो दिवस नेपालमा भने केहि वर्षयता मात्र चर्चित बनेको हो । युवा पुस्तामा बढी लोकप्रिय रहने यो दिवसका दिन नयाँ प्रेमी प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरिन्छ । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !