२३ पुस २०८१, मंगलबार

हाम्रो भान्सामा प्रयोग हुने उपयोगी फलफूल र औषधि


फलफूल र औषधि

नवलपुर । हाम्रो वरिपरि अनगिन्ति औषधिहरू छन् जसको प्रयोग हुनसकेको छैन । आजको लेखमा विविध रोगमा विविध फलफूल लगायत भान्सामा प्रयोग हुने औषधिबारे जानकारी पस्कने छौं ।

समय परिवर्तनशील छ । जनता महँगो उपचार गर्न बाध्य छन् । यस्तो अवस्थालाई न्यूनीकरण गर्न भान्साको औषधिले सघाउन सके कम खर्चमा आफ्नो उपचार हुने देखिन्छ । तर यस्लाई पूर्ण उपचार भने मान्नु हुँदैन ।

१. किवी

कीवी फ्रूट भिटामिन सीको राम्रो स्रोत हो । यसको सेवनले हाम्रो शरीरमा आवश्यक मात्रामा भिटामिन सी पुर्याउन मद्दत गर्दछ । शरीरमा भिटामिन ‘सी’ भएमा कोलेजनको स्तर राम्रो हुनथाल्दछ । यसले दाँत र गीजालाई स्वस्थ राख्न मद्दत गर्दछ ।

२. नीबुवा

तपाईं नीबुवा निचोरेर बोक्रा फाल्ने गर्नुहुन्छ । अबदेखि यसो नगर्नुस् यसले बोसो पगाल्न मद्दत गर्दछ ।

औषधि कसरी बनाउने ?

दुइवटा नीबूवाको बोक्रा लिने पाक्दै गरेको पानीमा राख्ने र एकछिन पकाएर उतार्ने, केही सेलाउन दिने र एक गिलासमा आधा चम्चा मह राख्ने विहान खाली पेट चिया जस्तै पिउने । यसले मेटाबोलिजम बढाउन मद्दत गर्नेछ । पेटको बोसो कम गर्दै जानेछ ।

३. बिरेनुन

बिरेनुनको फाइदा हेर्दा अचम्म लाग्न सक्नेछ । आउनुहोस् आज औषधिको रूपमा प्रयोग हुने कालोनुन जसलाई हामी बिरेनुनको नामले चिन्ने गर्दछौं । यो नुनले ब्लड सुगर रोग बढ्नबाट रोक्न मद्दत गर्छ भन्दा कतिपयलाई आश्चर्य लाग्न सक्दछ ।

कालो नुनमा सेतो नुनको सट्टामा कम सोडियम पाइन्छ । सुगरको रोगीले तरकारीमा सेतो नुनको सट्टामा कालो नुन प्रयोग गर्ने गरौं । कालो नुन ब्लड सुगर रोगलाई राम्रो फाइदा गर्दछ । यसले सुगर बढ्नबाट समेत रोक्न मद्दत गर्दछ ।

४. सौंफ

सौंफलाई मसलाको रूपमा प्रयोग हुने गरेको छ । आयुर्वेदमा यस्लाई पाचनतन्त्र सुधार्न बढी प्रयोग भएको पाइन्छ । यसको प्रयोगले ग्यास, अपच, पेट दुखाइ जस्ता रोगहरूमा सौंफ चपाउने गर्नाले राम्रो फाइदा उठाउन सकिनेछ ।

५. नरिवलको तेल

नरिवलको तेलमा प्याजको रस राखेर नियमित बालमा लगाउनुहोस् । यसले नयाँ बाल उमार्न मद्दत गर्दछ। यसले गन्जोपनलाई समेत बाल उमार्न मद्दत गर्ने छ ।नरिवलको तेलमा बाल पोसक तत्व हुन्छ । प्याजमा सल्फर हुनाले बाललाई जरैदेखि बलियो बनाउन मद्दत गर्दछ ।

६. पुदिना, धनिया

पुदिना, धनियाको चट्नी खाने गर्नुहोस्, यसले हाई कॉलेस्ट्रोल र हाई यूरिक एसिड कम गर्न मद्धत गर्ने छ । चटनी बनाउदा २५ ग्राम जति धनियाँ १० ग्राम जति पुदिना लिने यसमा हरियो खुर्सानी, लहसुन आवश्यक अनुसार बिरेनुन राखेर चट्नी बनाउने यो स्वादिष्ट चट्नि नियमित सेवन गर्ने ।

७. मैदाको सेवन हटाऊ

मुटु र जोर्नीको समस्यामा मैदाको सेवन गलत छ । मैदाजन्य खानेकुराले ब्लड सुगर स्तरमा बृद्धि हुन गई रगतमा ग्लुकोज जम्न थाल्दछ । फलस्वरुप शरीरमा रसायनिक प्रतिक्रिया हुन्छ र मुटुको समस्या वा जोर्नीको समस्या आउन सक्छ ।

८. अत्याधिक नुनले मिर्गौला बिग्रन सक्छ

शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्न मिर्गौलाले ठूलो भूमिका खेल्छ । धेरै नुन सेवन गर्दा मिर्गौलामा दबाब पर्न सक्छ र तिनीहरूको काममा बाधा पुग्न सक्छ, जसले समयको साथ मिर्गौलालाई क्षति पुर्‍याउँन सक्छ ।

९. पनिर

पनिर खानुका फाइदा यस्ता छन् । पनीरको सबैभन्दा लाभ यो छ कि यसले तपाईको हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ । यसमा रहेको क्यालसियम र फासफोरसका कारण दाँत र हड्डी मजबुत बनाउँछ । यसमा प्रोटीनको मात्रा अधिक पाइने भएका कारण यसले शरीरमा हुने कमजोरी हटाउने काम गर्छ ।

१०. अम्लपित्त

मुखबाट अमिलो पानी आउने (पेटदेखि गलासम्म पोल्ने ) त्यस्ताका लागि दिनमा ३ पटक चिसो दूध खान पिउन दिनु यो समस्या हल हुन्छ ।

११. अंजिर

अंजिरमा सौल्यूबल फाइबर आंतलाई स्वास्थ्य राख्न मद्धत गर्दछ । अंजीरमा भएको प्रोबायोटिक गुण बढाएर शरीरलाई बलियो र निरोगी राख्न मद्दत गर्दछ । जसले गर्दा मानिसको पाचन तंत्रले राम्रो काम गर्न थाल्नेछ ।

१२. सेतो आँक

सेतो आँक रविपुष्य योगमा घरको दरवाजामा झुण्डाउनाले घरमा कुनै किसिमको आधि-व्याधि, नजर, तन्त्र-मन्त्रको प्रभाव समाप्त हुँदै जाने र परिवारको समेत रक्षा हुने लेखेको छ ।

१३. अदुवा

हार्टअट्याक र पाचन तन्त्रमा अदुवाले राम्रो फाइदा गर्दछ भन्ने कुरा अधिकांशलाई थाहा नहुन सक्छ । तर यसका लागि अदुवा कसरी खाने भन्ने कुरा जान्न आवश्यक छ । अदुवा हाम्रो भान्सामा हुन्छ तरकारीहरूमा अदुवा मिसाउदा तरकारीको स्वाद बढाउन सक्छ । तर यसरी पकाएको भन्दा सानो टुक्रा मुखमा राखेर चपाएर खाने गर्दा बढी फाइदा हुनसक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !