६ पुस २०८१, शनिबार

हाम्रो शरीरका अनावश्यक रौं हटाउने घरेलु उपायहरु


रौं

घरमै अनावश्यक रौं हटाउने उपायहरु यस्ता छन् । जुन तपाइको लागि धेरै महत्वपुर्ण छ । अनावश्यकरुपमा फैंलिंदै गएको कपालको हाँगा छांट्न हेयर कटिङ रेजर प्रयोग गर्नुहोस् । साथै कपालमा मेथी, दही, अण्डाको सेतो भागलगायतका हेयर प्याक बनाएर हप्तामा एकपटक लगाउनुहोस् । कपालको हाँगा कम हुंदै जान्छ र कपाल मुलायमर सिल्की हुन्छ ।

मोम छैन भने घरैमा यो बनाउन सक्नुहुन्छ । पानी तताउनुहोस्, यसमा चिनी मिसाउनुहोस र मज्जाले नपाकेसम्म पकाउनुहोस् । त्यसपछि ग्याँस बन्दगर्नुहोस् । जब मिश्रण सुनौलो रंगमा परिणत हुन्छ तब यसमा कागतीको रस थप्नुहोस् । मिश्रण चिसो हुन दिनुहोस् । घरमा मोम स्ट्रिपहरू छन् भने, तिनीहरूलाई सानो टुक्रामा काट्नुहोस् र अनावश्यक रौंहरु हटाउनुहोस् । विशेष गरी ओठको माथिल्लो भागको रौं हटाउने यो सहज तरिका हो । यसले अप्पल लिपमा भएका अनावश्यक रौंहरु सजिलैसंग सफा पारेर निकाल्न मद्धत गर्छ ।

घरमै ट्वीजडको सहारामा अनावश्यक रौं हटाउन सकिन्छ । टुइजर्डबाट रौं हटाउनाले अधिक दुखाइ हुनेछ, छाला पनि रातो हुनेछ तर यसलाई रोक्ने उपाय पनि छ । त्यसका निम्ति, आइब्रो गर्नुअघि तल्लो सतहमा पाउडर लगाउनुहोस् र आइब्रो गरिसकेपछि मज्जाले मोइश्चराइजरले ३ देखि ५ मिनेट मसाज गर्नुहोस् । यो १५ देखि २० दिनको अन्तरालमा मात्रै गर्नुहोस् ।सबभन्दा प्रभावकारी तरिका, घरमा हँुदा युट्युब भिडियोहरू हेरेर थे्रडिङ गर्न सिक्नुहोस् । यो कला तपाईंको लागि सदा काम आउनेछ ।

घरमा अनुहार रेजर छ भने,तपाई सम्झनुहोस् आधा समस्या समाप्तभयो । तिनीहरूले छालामा कुनै हाननिनोक्सानी गर्दैनन् । रौंहरु रिसाइज गर्दा अतिरिक्त सतर्क हुनुहोस् ।-पत्रपत्रिकावाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !