३ असार २०८१, आइतबार

गण्डकी प्रदेशमा फेरि थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९२


कोरोना भाइरस

३० जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज ११:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र ५९ का ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उक्त गाउँपालिकावाट ८४ वटा नमुना परिक्षणका लागि काठमाडौंमा पठाईएकोमा आज प्राप्त रिपोर्ट अनुसार ८० वटा नेगेटिभ र ४ वटा पोजेटिभ रिपोर्ट आएको हुप्सेकोट गाउपालिकाले जानकारी दिएको छ ।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ । योसंगै हुप्सेकोट गाउपालिकामा मात्र ८ जनामा कोरोना संक्रमित भेटिएका छन् भने नवलपुर जिल्लामा ४२ जनामा कोरोना पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !