५ जेष्ठ २०८१, शनिबार

धरानवाट झापाका २८ जना कोरोना भाइरसलाई जितेर घर फर्किए


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, जेठ २७ । सुनसरी जिल्लाको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाइरस (कोभिड-१९) संक्रमण मुक्त भएर २८ जना घर फर्किएका छन् । प्रतिष्ठानले आज मंगलबार बिहान चौथोपटक अस्पतालबाट एकैपटक ठूलो संख्यामा संक्रमण मुक्त भएर मानिसहरुलाई डिस्चार्ज गरी घर पठाएको छ ।

उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएका प्रतिष्ठानले जनाएका छन् । प्रतिष्ठानका अनुसार डिस्चार्ज हुनेमा सबै झापाका १८ वर्षदेखि ५६ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

प्रतिष्ठानमा भर्ना भएकामध्ये पहिलो पटक १८ जना, दोस्रो पटक ३ जना र तेस्रो पटक १२ जना र चौथो पटक २८ जना गरी हालसम्म ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रतिष्ठानमा हाल ५५ जना कोभिड-१९ का कोरोना संक्रमित उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !