५ जेष्ठ २०८१, शनिबार

बर्दियामा आज थपिए १८ जना कोरोना संक्रमित


कोरोना भाइरस

बर्दिया, जेठ २६ । बर्दिया जिल्लामा आज थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा १८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बासगढीका ९ जना, मधुवनका ४ जना, ठाकुरबाबाका ३ जना र बारबर्दिया नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमितहरु ४ देखि ४० वर्षसम्म उमेर समूहका रहेका छन् ।

आज संक्रमित भएकाहरु सबै क्वारेन्टाइनमा छन् । उनीहरुलाई जिल्ला समन्वय समिति, बारबर्दिया, ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा रहेको आइसोलेसन वार्डमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !