१८ पुस २०८१, बिहीबार

गण्डकी प्रदेशमा आज बिहानै ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११३ पुग्यो


कोरोना भाइरस

२५ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा स्याङ्जा जिल्लामा १४ जना, बागलुङ जिल्लामा १० जना, गोरखा जिल्लामा १० जना, पूर्वी नवलपरासी जिल्लामा ४ जनामा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज नयाँ संक्रमण पुष्टि हुनेहरुमा स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा १ जना रहेका छन् । यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । साथै गोरखाको गण्डकी गाउँपालिकाका ९ जना र पालुङटार नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

*यो समाचारमा गोरखा जिल्ला, गण्डकी गाउँपालिका हुनुपर्नेमा गोरखा जिल्ला, गण्डकी नगरपालिका भएकोमा स्वास्थ्य निर्देशनालयले सच्याएको छ ।

गण्डकी प्रदेशमा आज बिहानै ३८ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !