काठमाडौँ, जेठ २३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना र सुर्खेतका १ जना गरी ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या २६३४ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३३४ संक्रमित