९ पुस २०८१, मंगलबार

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना


काठमाडौं मेडिकल कलेज सिनामंगल

२० जेठ, काठमाडौं ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिलाहरु र २८ वर्षका १ जना पुरुषमा कोरोना संक्रमण भएको हो । प्रवक्ता डा. देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !