४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज बिहानै १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७ पुग्यो


कोरोना भाइरस (कोभिड-१९)

२० जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार स्याङ्जा जिल्लामा ५ जना र पर्वत जिल्लामा ५ जना गरी १० जनामा बिहानै कोरोना संक्रमण पुष्टि भएको हो ।स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकास्थित क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षीय पुरुषहरुमा कोरोना संक्रमण भेटिएको छ । साथै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । उनी पनि क्वारेन्टाइनमा थिए ।

साथै पर्वतको फलेबास नगरपालिका ठेगाना भई सदरमुकाम कुश्मास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका दुई पुरुष र पर्वतकै महाशीला गाउँपालिका घर भइ कुश्माकै क्वारेन्टाइनमा राखिएका १९, २० र २१ वर्षका ३ पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएका हुन् ।

संक्रमित सवै १० जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको समेत प्रवक्ता डा.विनोदविन्दु शर्माले बताएका छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !