९ पुस २०८१, मंगलबार

दैलेखमा थप १४ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस (कोभिड-१९)

काठमाडौं, जेठ १७ । दैलेखका थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने सबै नारायण नगरपालिकाका भएको उक्त नगरपालिकाका बरिष्ट स्वास्थ्य अधिकृत लाल बहादुर खड्काले पुष्टि गरेका छन् ।

संक्रमित १७ देखि ५० वर्ष उमेरका सवै पुरुषहरु छन् । यसअघि उक्त नगरपालिकामा १० जनामा कोरोना संक्रमण देखिएको थियो । आज १० जनामा कोरोना संक्रमण देखिएसंगै नारायण नगरपालिकामा कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । साथै नगरपालिकाको विभिन्न क्वारेन्टाइनहरुमा १२५० जना रहेका छन् । कोरोना संक्रमण पुष्टि हुने सबै भारतवाट फर्केर क्वारेन्टिनमा बस्दै आएका मानिसहरु छन् ।

उक्त नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८१७ जनाको आरडिटी परीक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएकोमा उनीहरुको थप पिसीआर परीक्षण गर्दा १४ जनामा पोजेटिभ देखिएको हो । साथै नगरपालिकाका अधिकृत खड्काका अनुसार कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रयाप्त सहयोग नगरेको गुनासो पनि गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न संघीय सरकार र प्रदेश सरकारको ध्यान जानु नितान्त जरुरी देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !