६ जेष्ठ २०८१, आइतबार

प्रदेश २ मा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

१५ जेठ, वीरगञ्ज । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हाे ।

आज संक्रमण पुष्टि हुनेहरुमा धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने सबैभन्दा बढी धनुषाका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !