१२ आश्विन २०८१, शनिबार

भरतपुर अस्पतालको आइसीयुमा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ


भरतपुर अस्पताल

१२ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आइसीयुमा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका अनुसार ४८ वर्षीय मृतक पुरुषको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

नवलपरासी रामग्राम-५ निवासी उनलाई आइतबार राति भरतपुर अस्पताल ल्याइएको थियो । उनमा श्वास-प्रश्वास, छाती दुख्ने र वान्ता हुने समस्या देखिएकाले कोरोनाको आशंका गरेर अस्पतालले स्वाब परीक्षण गर्न भरतपुरस्थित कोरोना प्रयोगशालामा पठाएको थियो ।

लुम्बिनी अञ्चल अस्पतालबाट रिफर गरिएर भरतपुर अस्पातलको आइसियू भर्ना गरिएपनि सोमबार बिहान ३ बजे मृत्यु भएको थियो । नतिजा नेगेटिभ देखिएकाले अस्पतालले शव परिवारलाई जिम्मा लगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !