५ असार २०८१, बुधबार

यस्तो छ नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका चारको विवरण !


काठमाडौं, १२ जेठ । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि चारजनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ६८२ पुगेको छ ।

आजसम्म चारजनाको मृत्यु भएका व्यक्तिहरुको विवरण यस्तो छ । सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला २ जेठमा निधन भएको थियो उनी १० दिनको सुत्केरी थिइन् । महिलामा ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको थियो । बाँकेको नरैनापुरका २५ वर्षीय युवक ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको । ३० वैशाखमा भारतबाट फर्किएका थिए । गुल्मीका ४१ वर्षीय शिक्षक ८ जेठको विहान निधन भएको । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । बाराका ७० वर्षीय वृद्ध ४ जेठमा मृत्यु भए पनि आज जेठ १२ गते संक्रमण पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !