६ जेष्ठ २०८१, आइतबार

नेपालमा ११२ जनाले जिते कोरोना, आज २५ जना घर फर्किए


डा. विकास देवकोटा

काठमाडौँ, जेठ १२ । आज २५ जना उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या ११२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो पटक नारायणी अस्पतालबाट १८ जना, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र वर्दियाका १/१ जना पनि डिस्चार्ज भएका छन् । साथै टेकु अस्पतालमा रहेका सर्लाहीका ३४ वर्षीया पुरुष र कपिलवस्तुको तौलिहवाका १ जना पनि डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । यसरी आज २६ जना अस्पतालवाट डिस्चार्ज भएसंगै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ११२ पुगेको हो । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना, बाराको १ जना गरी ४ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ७ संक्रमित

नेपालमा अहिलेसम्म ८७ जनाले जिते कोरोना भाइरस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !