८ जेष्ठ २०८१, मंगलबार

कालिमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण भएपछि पुरै वृत्त सिल


जेठ ७, काठमाडौं । कालिमाटी प्रहरी वृत्तमा र्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको प्रहरी स्रोतले बताएको छ ।

कोरोनासंक्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ । सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ । वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको थियो ।

वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !