५ असार २०८१, बुधबार

कपिलवस्तुमा ४ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस (कोभिड-१९)

६ जेठ, काठमाडौं । मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !