१२ आश्विन २०८१, शनिबार

रौतहटमा ८ जना र बारामा १ जना कोरोना सङ्क्रमित


कोरोना भाइरस

काठमाडौँ, ५ जेठ । कोभिड-१९ को सङ्क्रमण आज ९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा रौतहटमा आठ र बारामा एक जनामा देखिएको बताउनुभयो ।

उहाँका अनुसार नयाँ सङ्क्रमितमा रौतहट इशनाथ नगरपालिका वडा नंं २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् । यस्तै बारा जिल्लाको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् । यी नयाँ नौ जनासँगै सङ्क्रमितको सङ्ख्या ३०४ पुगेको छ ।

आइतबार मात्र कोभिड–१९ सङ्क्रमणबाट एक जनाको मृत्युसहित १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । मन्त्रालयका प्रवक्ता डा अधिकारीका अनुसार नयाँ सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !