१९ असार २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या २९२ पुग्यो, आज फेरि देखियो १ जनामा कोरोना पोजेटिभ


डा. विकास देवकोटा

४ जेठ, काठमाडौं । नेपालमा आज फेरि १ जनामा कोरोना भाइरस (कोभिड-१९)  परीक्षणको नतिजा पोजेटिभ पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । नयाँ संक्रमितको भने आज बिहानै मृत्यु भई सकेको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

मृतक वैशाख ३० गते मंगलवार भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनमा अचानक स्वास्थ्यमा समस्या आई ज्वरो र झाडापखाला लागेर आज आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो । उनलाई बेलैमा उपचारका लागि अस्पताल नलगिएकाले मृत्यु भएको स्थानीयले बताएका छन् । लगातार दुई घण्टा वान्ता गरेका उनको बिहान मृत्यु भएको थियो ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २९१ थियो भने आज थप १ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २९९ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ ।

यो संगै अहिलेसम्म नेपालमा २ जनाको कोरोना भाइरसवाट मृत्यु भईसकेको छ । यसअघि सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको बिहीबार मृत्यु भएको थियो तर स्वास्थ्य मन्त्रालयले भने हिजो वैशाख ३१ गते शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक एक सुत्केरी महिलाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा पहिलो पटक कोभिड-१९ बाट १ महिलाको मृत्यु

नेपालमा संक्रमितको संख्या २९१ पुग्यो, आज बिहानै थपिए कोरोनाका नयाँ १० संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !